काठ्मान्डौ देखि चिसापानि सम्म
एक हप्ता अघाडी देखी बनाएको Trekking Plan Friday पुरा हुने भएको थियो । Thursday सबै जना तयार भयौ । Friday १२ बजे अफिस बाट निस्किने र २ - २.३० मा सुन्दरिजल बाट हिंड्न सुरु गर्ने । Friday को लागि सबै कुरा को बन्दोबस्त गर्न म अफिस बाट चाडै घर गए । भोली चिसापानी जाने भएकोले गर्दा रात भर निन्द्र लागे त मारिदिनु । रात भर सुत्न सकेको हैन । खाटमा त डल्किए तर निन्द्र भने लागेन, करिब २ बजे सम्म सुतेको नै थिइन । तेसपछी निन्द्र लागेछ । बिहान ५ बजे उठाइदिनु भनेर आमा लाई भनेको थिए, ५ बजे उठे अनि आफ्नो नित्य कर्म सके । अनि सुरु गरे bag pack गर्न । अलिकती नास्ता गरे अनि हिडे घर बाट अफिस तिर ।

अफिस्मा सबै जना तयार भएर बसिसक्नु भएछ । सबै जना जान को लागि excited हुनुहुन्थियो । ११.३० कहिले हुन्छ भन्दै सबै जना घडी हेर्दै थिए, ११.३० भयो अनि हिड्यौ सुन्दरिजल तर्फ । पौने २ मा पुग्यौ सुन्दरिजल, हल्का नास्ता पछी लाग्यौ चिसापानी तर्फ । मुल्खर्क पुग्दा ३.३० भई सकेको थियो, । मुल्खर्क पुग्ने बेल सम्म stairs हरु भएको हुनाले हिंड्न गाह्रो भयो । त्यो stairs बनाउने को होला ? किन बनाएको होला तेस्लाई त मैले… भन्दै सबै जना ले सरापी रहेका थिए । सबै भन्दा बढी त avhishek दाई ले गाली गर्नु भयो त्यो stairs बनाउने मान्छेलाई ।
.JPG)
avhishek दाई लाई हिंड्न कम गाह्रो भएको थिएन, तेस माथि avhishek दाई को ठुलो पेट । आफ्नो जिउ आफैलाई भारी भएको थियो होला । अलि माथि पुगे पछी एक छिन आराम गर्ने निधो गरियो । के एक छिन मात्र को आरम हुन्थियो , त्यहाँ बसेर pose pose दिदै सबै जना को photo session सुरु भै हाल्यो नि । कोही थकै मेट्न सुती रहेको, कोही रमनिए दृस्य हेरेर रमी रहेको । कारीब ४५ मिनट आराम मात्रै गरेछौ ।
.JPG)
अब चै अत्ती भयो भनेर हिंड्न सुरु गरियो । बिच्-बिच मा amrit दाईको गफ र मिठो मिठो गाना सुनेर हिंड्न को मज्जा अर्कै थियो । अघी आराम गरेको ठाउँबाट कारीब ४५ मिनेट हिडेपछी सुर्य नारायण हामीलाई छोडेर जान लाग्नु भयो । त्यहाँ पनि धेरै बेर आरम गर्यौ । आराम गर्ने सोच त थिएन avhishek dai, niraj dai, amrit dai र naresh dai धेरै पछाडी हुनुहुन्थियो, रात पर्न लगेको भएर सबै जना सङ्घै हिंड्ने भनेर कुरेर बसी रहेका थियौ । करिब १५-२० मिनेट कुरे पछी बल्ल avhishek दाई हरु आइपुग्नु भयो । avhishek दाईहरु लाई कुर्ने बेलामा अर्को फोटो session सुरु भाई हाल्यो । सुर्य आस्ताइ रहेको बेल भएको हुनाले मैले silhouette फोटो हरु निकाल्न भनेर दुइ तीन जना लाई त मोडेल बनाइ हालें । पुरै जूम गरेर नजिक बाट सुर्य को फोटो निकाल्न पाएको भए कती राम्रो हुन्थ्यो, आफ्नो त्यो फुच्चे camera न राम्रो zoom छ, न lens नै , SLR भाको भए……………… तर के गर्नु मनलाई चित्त बुझएर राखे ।.JPG)
Sunset को दृश्य पनि हेरियो र त्यो फुच्चे camera मा कैद पनि गरियो । हिद्डा हिदडै रात पर्छ भनेर ४-५ जना ले torch light पनि ल्याएको थियौ, तेही torch हरुको साहेतामा अंध्यारोमा हिंड्न सुरु गारेउ । रात र तेस्माथि उकालो बाटो हरु, हिंड्न त गाह्रो नै थियो । amrit dai र avhishek dai को हिंड्ने बानी थिएन तेही भएर बिस्तारै हिंड्नु भयो गाह्रो मानि-मानी ।
उकालो हिडेको १०-१५ मिनेट भएको थियो, ritesh दाई को आवाज आयो अलि पछाडी बाट, "purushottam" अब कती छ उकालो ? अब अलि कती छ ritesh दाई , अब एक छिन मात्र हो भनेर झुटो जवाफ दिए मैले । झुटो बोल्न त राम्रो पनि होईन तर के गर्नु झुटो बोल्नै पर्ने situation थियो । अझै धेरै छ भनेको भए mentally सबै जनालाई असार पर्थ्यो, उकालो धेरै छ हिंड्नै सकिदैन भन्दै ति खुट्टाहरु राम्रो सँग चल्दैन थिए होलन । अनि एकछिन पछी bipin ले हाँस्दै भन्यो , "purushottam दाई ले हामीलाई राम्रो राम्रो ठाउँ को फोटो देखाउनु भएको पो रहेछ अस्ती, यस्तो बाटोको फोटो देखाउनु भएको भए म आउंदिन थिए होला" । तेसबेला सबैले मन मनै गाली गरे होलन मलाई, तेत्रो हिडाएको भएर । कारीब ४ घण्टा त उकालो मात्र हिडाएको थिए, अनि गाली किन नगर्नु ? अब एक छिन्, अब एक छिन भन्दा भन्दै उकालो को अन्ते पुगियो । "हामी अघी सम्म काठमाडौं जिल्लामा थियौ, अब नुवाकोट जिल्ला पुगिन्छ" मैले भने । त्यो उकालो को अन्ते नै थियो काठमाडौं र नुवाकोट को सिमाना ।
.JPG)
अब त ओरालो सुरु भयो भनेर सबै जना रमाएका थिए, तर उकालो भन्दा ओरालो हिंड्न अलि गाह्रो नै हुन्छ । करिब १ घण्टा ओरालो हिंडेपछी पुगियो चिसापानी । हिजो नै होटेल बुक गरी सकेको हुनाले सजिलो भयो । सिधै कोठामा गयौ र आफ्नो bag हरु राखौ । खाना तयार भइ सकेको थियो, तर मासु चै थिएन त्यहाँ । हामी आफैले बफको मासु लिएर गएको थियौ र पकाउन दियौ । सबै जना बफ नखाने भएकोले कुखुराको मासु खोज्नको लागी होटेलको दाई लाई भन्यौ । मासु पाक्न अलि बेर लाग्ने भएकोले एक्छिन टेबलमा बसी गफ सुरु गर्यौ । एक छिन पछी खाना आयो, भोकले गर्द होला साएद, खाना एति मिठो भएको होइन र, तेस माथि सांधेको गुन्द्रुक्, typical नेपाली खान जस्तो नै थियो ।
.JPG)
अनि बाहिर निस्कियौ camp fire को लागि । दाउरा को बन्दो बस्त गर्यौ र सुरु भयो हाम्रो camp fire । गीत सगै चिया, मासु अनि चुट्किलाहरु कती रमाइलो पलहरु थिए । सायद थकान्ले गर्द होला jivnath sir र umesh sir लाई चाडै निन्द्र लागेको, १० बजे तिर नै सुत्न जानु भयो । अनि बांकी हामी गीत गाउदै, एक अर्क लाई जिस्काउदै, हल्ला गर्दै बसेउ । बलेको दाउरा सबै सिधियो र अब चै सुत्न जांउ भनेर सबै जना सुत्न गयौ ।
.JPG)
.JPG)
भोली बिहानको (के भोली बिहान भन्नु सुत्ने बेल १.३० भै सकेको थियो) sunrise हेर्न र फोटो खिच्न भनेर ६ बजे को alarm राखे, ढल्केको मात्र के थिए निन्द्रा देवीको काखमा रमाउन थाले छु । बिहानै alarm बज्यो, उठन त मन थिएन तर के गर्नु sunrise हुन अघी को सबै moments हरु को snap लिन छुटिहाल्थियो । आफु उठे र सबैलाई sunrise हेर्नको लागि उठाउन गए । मुख धोएर लागे होटेलको ढलान तिर । माथि गएर sunrise हुन अघिको आकाशको color contrast हेर्दै बसी रहे । रातो र orange को mix color मा रहेको बादल , हल्का फिक्का निलो अनि हल्का गाडा निलो आकाश, अनि तह तह भएर बसेका पहाड, बादल र तुसारो हरु, हेर्दा लग्थो कि कुनै सपना देखी रहेको छु । तेस्पछी १५-२० मिनट जती sunrise हेरेर नै बसै।
.JPG)
तल होटेलको दाईले चिया ठीक्क बनाएर रख्नु भएको रहेछ, तल ओर्लेउ र चिया पिउंदै, बहिरा घाम ताप्दै अर्को photo session सुरु भयो । Photo session हुँदै थियो, नास्ता तयार भएको संकेत आयो र खान तिर लाग्यौ । नास्ता मा tibetan bread र omlet ।
.JPG)
यती मिठो थियोकि अहिले सम्झंदा मुखबाट पनि आइरहेको छ । ९.१५ भै सकेको थियो अनि सबैले नास्ता गरीसके पछी लाग्यो झुले तर्फ । झुले सम्म जाने बाटो गाह्रो बाटो त थिएन, बाईक गुड्ने बाटो थियो । हिंड्न रमाइलो हुने बाटो । एउटा मोडमा सुर्य को गर्मि, आर्को मोडमा जंगल को चिसो । आदी घण्टा हिडे पछी पुगियो जंगलमा लुकेको पोखरी नेरी । पहिले को पाली जांदा त्यो पोखरिको माथिको भागमा ice जमेको थियो, सायद अहिले चिसो कम भएर होला ice थिएन । पोखरी पुग्ने बेला नंया मान्छे भेटियो ( Alanzo Lyons [American Tourist]) ।
.JPG)
"झुले जाने बाटो कुन हो ?" वहाँ ले सोध्नु भयो । नेपाली भाषामै सोध्नु भयो, एती राम्रो नेपाली बोल्नुहुंदो रहेछ म त छक्क परे । वहाँ लाई बाटो देखाएर पोखरी तिर गयौ हामी । त्यहाँ फेरी photo session सुरु भयो, आदी घण्टा जती पोखरी घुम्योउ र लाग्योउ आफ्नो बाटो । झन्डै ४ घण्टा को हिडाइ पछी झुले पुगियो । एक टोली अलि चाडै हिडेको हुनाले चाडै झुले पुगे अनि खाना को बन्दोवस्त गरे ।
झुलेमा सवा एक घण्टा जतिको आराम । आराम गर्ने बेलामानै अघीको tourist दाई आउनुभयो, वहाँ नगरकोट तर्फ जान लाग्नु भएको रहेछ । Trekking को बारेमा किताब लेख्नको लागि data collection गर्न आउनु भएको रहेछ नेपाल । झन्डै २ बर्ष भैसकेछ नेपालमा बस्नु भएको । एसो मुख हेर्दा त २५-३० बर्षको लक्का जवान हो जस्तो लाग्थो, कती उमेर रहेछ सोध्न मन लाग्यो र प्वक्क सोधी हाले, " ४० बर्ष पुगे " वहाँको उत्तर आइ हाल्यो । ए राता मकै!! खैरेहरुको ज्यान हेरेर उमेर पत्ता लगाउँन निकै गाह्रो पो हुंदो रहेछ । एक्छिन् को आराम पछी खाना खायौ ।
Lyons सँग email address को आधन-प्रधान पछी झुलेबाट हिंड्ने निधो गयौ़ । झुले बाट सांखु सम्मको बाटो लग्भग २ घण्टाको हो । Pujan, Bikash, Rajesh र Bipin घर पुग्न ढिला हुन्छ भनेर अलि चाडो हिडे । उनिहरु हिडेको एक्छिन पछी Jivnath sir र Umesh sir Lyons संगै हिंड्नु भयो । Ritesh dai, naresh dai, niraj dai, nirmal dai, amrit dai, avhishek dai र म आदी घण्टा जती झुलेमा झुलेर बसी रहेउ ।
.JPG)
अनि हामी हिंडेउ सांखु तर्फ । amrit dai normal बाटोमा सधै पछाडी हुने मान्छे, त्यो थाडो ओरालो मा त आगाडी । आगाडी जांदा जांदा shortcut बाटो भन्ठानेर amrit dai कुन बाटो छिर्नु भयो भयो पत्तो नै भएन । एकछिन पछी अलि माथि बाट आवाज आयो " ए केटा हो कता हो तिमीहरु ???" amrit dai को यो आवाज सुनेर nirmal dai र म एती हसेको हैन र, nirmal dai को मुखनै रातो भएको थियो हाँस्दा हाँस्दा । अनि तेस्पछी बिस्तारै लाग्योउ सांखु तर्फ ।
सांखुमा बस पाइदैनकी भन्ने डर ले खुट्टा चाडै चाडै लम्कायौ । जसो तसो सांखु पुगियो, तर बस भने सबै प्याक थिए । एक छिन कुरे पछी एउट बस आयो, " चाबेल……… गौशाला……… सात्दोबाटो……… चाबेल……… चाबेल" भन्दै गाडीको खलासी चिच्च्यौदै थियो । तेही बसमा चडी हाल्योउ, गाडी त चढियो तर सिटमा बस्ने मौका चै मिलेन । सांखु देखी चाबेल सम्म बसमा उभिएर आइयो, एक छिन बस्न पाएको भए सोर्गिए आनन्द मिल्थ्यो । चाबेल आयौ अनि ritesh dai, avhishek dai र म ओर्लियौ । तेस्पछी सबै जना लाग्योउ आ-आफ्नो घर तिर ।

अफिस्मा सबै जना तयार भएर बसिसक्नु भएछ । सबै जना जान को लागि excited हुनुहुन्थियो । ११.३० कहिले हुन्छ भन्दै सबै जना घडी हेर्दै थिए, ११.३० भयो अनि हिड्यौ सुन्दरिजल तर्फ । पौने २ मा पुग्यौ सुन्दरिजल, हल्का नास्ता पछी लाग्यौ चिसापानी तर्फ । मुल्खर्क पुग्दा ३.३० भई सकेको थियो, । मुल्खर्क पुग्ने बेल सम्म stairs हरु भएको हुनाले हिंड्न गाह्रो भयो । त्यो stairs बनाउने को होला ? किन बनाएको होला तेस्लाई त मैले… भन्दै सबै जना ले सरापी रहेका थिए । सबै भन्दा बढी त avhishek दाई ले गाली गर्नु भयो त्यो stairs बनाउने मान्छेलाई ।
avhishek दाई लाई हिंड्न कम गाह्रो भएको थिएन, तेस माथि avhishek दाई को ठुलो पेट । आफ्नो जिउ आफैलाई भारी भएको थियो होला । अलि माथि पुगे पछी एक छिन आराम गर्ने निधो गरियो । के एक छिन मात्र को आरम हुन्थियो , त्यहाँ बसेर pose pose दिदै सबै जना को photo session सुरु भै हाल्यो नि । कोही थकै मेट्न सुती रहेको, कोही रमनिए दृस्य हेरेर रमी रहेको । कारीब ४५ मिनट आराम मात्रै गरेछौ ।
अब चै अत्ती भयो भनेर हिंड्न सुरु गरियो । बिच्-बिच मा amrit दाईको गफ र मिठो मिठो गाना सुनेर हिंड्न को मज्जा अर्कै थियो । अघी आराम गरेको ठाउँबाट कारीब ४५ मिनेट हिडेपछी सुर्य नारायण हामीलाई छोडेर जान लाग्नु भयो । त्यहाँ पनि धेरै बेर आरम गर्यौ । आराम गर्ने सोच त थिएन avhishek dai, niraj dai, amrit dai र naresh dai धेरै पछाडी हुनुहुन्थियो, रात पर्न लगेको भएर सबै जना सङ्घै हिंड्ने भनेर कुरेर बसी रहेका थियौ । करिब १५-२० मिनेट कुरे पछी बल्ल avhishek दाई हरु आइपुग्नु भयो । avhishek दाईहरु लाई कुर्ने बेलामा अर्को फोटो session सुरु भाई हाल्यो । सुर्य आस्ताइ रहेको बेल भएको हुनाले मैले silhouette फोटो हरु निकाल्न भनेर दुइ तीन जना लाई त मोडेल बनाइ हालें । पुरै जूम गरेर नजिक बाट सुर्य को फोटो निकाल्न पाएको भए कती राम्रो हुन्थ्यो, आफ्नो त्यो फुच्चे camera न राम्रो zoom छ, न lens नै , SLR भाको भए……………… तर के गर्नु मनलाई चित्त बुझएर राखे ।
Sunset को दृश्य पनि हेरियो र त्यो फुच्चे camera मा कैद पनि गरियो । हिद्डा हिदडै रात पर्छ भनेर ४-५ जना ले torch light पनि ल्याएको थियौ, तेही torch हरुको साहेतामा अंध्यारोमा हिंड्न सुरु गारेउ । रात र तेस्माथि उकालो बाटो हरु, हिंड्न त गाह्रो नै थियो । amrit dai र avhishek dai को हिंड्ने बानी थिएन तेही भएर बिस्तारै हिंड्नु भयो गाह्रो मानि-मानी ।
उकालो हिडेको १०-१५ मिनेट भएको थियो, ritesh दाई को आवाज आयो अलि पछाडी बाट, "purushottam" अब कती छ उकालो ? अब अलि कती छ ritesh दाई , अब एक छिन मात्र हो भनेर झुटो जवाफ दिए मैले । झुटो बोल्न त राम्रो पनि होईन तर के गर्नु झुटो बोल्नै पर्ने situation थियो । अझै धेरै छ भनेको भए mentally सबै जनालाई असार पर्थ्यो, उकालो धेरै छ हिंड्नै सकिदैन भन्दै ति खुट्टाहरु राम्रो सँग चल्दैन थिए होलन । अनि एकछिन पछी bipin ले हाँस्दै भन्यो , "purushottam दाई ले हामीलाई राम्रो राम्रो ठाउँ को फोटो देखाउनु भएको पो रहेछ अस्ती, यस्तो बाटोको फोटो देखाउनु भएको भए म आउंदिन थिए होला" । तेसबेला सबैले मन मनै गाली गरे होलन मलाई, तेत्रो हिडाएको भएर । कारीब ४ घण्टा त उकालो मात्र हिडाएको थिए, अनि गाली किन नगर्नु ? अब एक छिन्, अब एक छिन भन्दा भन्दै उकालो को अन्ते पुगियो । "हामी अघी सम्म काठमाडौं जिल्लामा थियौ, अब नुवाकोट जिल्ला पुगिन्छ" मैले भने । त्यो उकालो को अन्ते नै थियो काठमाडौं र नुवाकोट को सिमाना ।
अब त ओरालो सुरु भयो भनेर सबै जना रमाएका थिए, तर उकालो भन्दा ओरालो हिंड्न अलि गाह्रो नै हुन्छ । करिब १ घण्टा ओरालो हिंडेपछी पुगियो चिसापानी । हिजो नै होटेल बुक गरी सकेको हुनाले सजिलो भयो । सिधै कोठामा गयौ र आफ्नो bag हरु राखौ । खाना तयार भइ सकेको थियो, तर मासु चै थिएन त्यहाँ । हामी आफैले बफको मासु लिएर गएको थियौ र पकाउन दियौ । सबै जना बफ नखाने भएकोले कुखुराको मासु खोज्नको लागी होटेलको दाई लाई भन्यौ । मासु पाक्न अलि बेर लाग्ने भएकोले एक्छिन टेबलमा बसी गफ सुरु गर्यौ । एक छिन पछी खाना आयो, भोकले गर्द होला साएद, खाना एति मिठो भएको होइन र, तेस माथि सांधेको गुन्द्रुक्, typical नेपाली खान जस्तो नै थियो ।
अनि बाहिर निस्कियौ camp fire को लागि । दाउरा को बन्दो बस्त गर्यौ र सुरु भयो हाम्रो camp fire । गीत सगै चिया, मासु अनि चुट्किलाहरु कती रमाइलो पलहरु थिए । सायद थकान्ले गर्द होला jivnath sir र umesh sir लाई चाडै निन्द्र लागेको, १० बजे तिर नै सुत्न जानु भयो । अनि बांकी हामी गीत गाउदै, एक अर्क लाई जिस्काउदै, हल्ला गर्दै बसेउ । बलेको दाउरा सबै सिधियो र अब चै सुत्न जांउ भनेर सबै जना सुत्न गयौ ।
भोली बिहानको (के भोली बिहान भन्नु सुत्ने बेल १.३० भै सकेको थियो) sunrise हेर्न र फोटो खिच्न भनेर ६ बजे को alarm राखे, ढल्केको मात्र के थिए निन्द्रा देवीको काखमा रमाउन थाले छु । बिहानै alarm बज्यो, उठन त मन थिएन तर के गर्नु sunrise हुन अघी को सबै moments हरु को snap लिन छुटिहाल्थियो । आफु उठे र सबैलाई sunrise हेर्नको लागि उठाउन गए । मुख धोएर लागे होटेलको ढलान तिर । माथि गएर sunrise हुन अघिको आकाशको color contrast हेर्दै बसी रहे । रातो र orange को mix color मा रहेको बादल , हल्का फिक्का निलो अनि हल्का गाडा निलो आकाश, अनि तह तह भएर बसेका पहाड, बादल र तुसारो हरु, हेर्दा लग्थो कि कुनै सपना देखी रहेको छु । तेस्पछी १५-२० मिनट जती sunrise हेरेर नै बसै।
तल होटेलको दाईले चिया ठीक्क बनाएर रख्नु भएको रहेछ, तल ओर्लेउ र चिया पिउंदै, बहिरा घाम ताप्दै अर्को photo session सुरु भयो । Photo session हुँदै थियो, नास्ता तयार भएको संकेत आयो र खान तिर लाग्यौ । नास्ता मा tibetan bread र omlet ।
यती मिठो थियोकि अहिले सम्झंदा मुखबाट पनि आइरहेको छ । ९.१५ भै सकेको थियो अनि सबैले नास्ता गरीसके पछी लाग्यो झुले तर्फ । झुले सम्म जाने बाटो गाह्रो बाटो त थिएन, बाईक गुड्ने बाटो थियो । हिंड्न रमाइलो हुने बाटो । एउटा मोडमा सुर्य को गर्मि, आर्को मोडमा जंगल को चिसो । आदी घण्टा हिडे पछी पुगियो जंगलमा लुकेको पोखरी नेरी । पहिले को पाली जांदा त्यो पोखरिको माथिको भागमा ice जमेको थियो, सायद अहिले चिसो कम भएर होला ice थिएन । पोखरी पुग्ने बेला नंया मान्छे भेटियो ( Alanzo Lyons [American Tourist]) ।
"झुले जाने बाटो कुन हो ?" वहाँ ले सोध्नु भयो । नेपाली भाषामै सोध्नु भयो, एती राम्रो नेपाली बोल्नुहुंदो रहेछ म त छक्क परे । वहाँ लाई बाटो देखाएर पोखरी तिर गयौ हामी । त्यहाँ फेरी photo session सुरु भयो, आदी घण्टा जती पोखरी घुम्योउ र लाग्योउ आफ्नो बाटो । झन्डै ४ घण्टा को हिडाइ पछी झुले पुगियो । एक टोली अलि चाडै हिडेको हुनाले चाडै झुले पुगे अनि खाना को बन्दोवस्त गरे ।
झुलेमा सवा एक घण्टा जतिको आराम । आराम गर्ने बेलामानै अघीको tourist दाई आउनुभयो, वहाँ नगरकोट तर्फ जान लाग्नु भएको रहेछ । Trekking को बारेमा किताब लेख्नको लागि data collection गर्न आउनु भएको रहेछ नेपाल । झन्डै २ बर्ष भैसकेछ नेपालमा बस्नु भएको । एसो मुख हेर्दा त २५-३० बर्षको लक्का जवान हो जस्तो लाग्थो, कती उमेर रहेछ सोध्न मन लाग्यो र प्वक्क सोधी हाले, " ४० बर्ष पुगे " वहाँको उत्तर आइ हाल्यो । ए राता मकै!! खैरेहरुको ज्यान हेरेर उमेर पत्ता लगाउँन निकै गाह्रो पो हुंदो रहेछ । एक्छिन् को आराम पछी खाना खायौ ।
Lyons सँग email address को आधन-प्रधान पछी झुलेबाट हिंड्ने निधो गयौ़ । झुले बाट सांखु सम्मको बाटो लग्भग २ घण्टाको हो । Pujan, Bikash, Rajesh र Bipin घर पुग्न ढिला हुन्छ भनेर अलि चाडो हिडे । उनिहरु हिडेको एक्छिन पछी Jivnath sir र Umesh sir Lyons संगै हिंड्नु भयो । Ritesh dai, naresh dai, niraj dai, nirmal dai, amrit dai, avhishek dai र म आदी घण्टा जती झुलेमा झुलेर बसी रहेउ ।
अनि हामी हिंडेउ सांखु तर्फ । amrit dai normal बाटोमा सधै पछाडी हुने मान्छे, त्यो थाडो ओरालो मा त आगाडी । आगाडी जांदा जांदा shortcut बाटो भन्ठानेर amrit dai कुन बाटो छिर्नु भयो भयो पत्तो नै भएन । एकछिन पछी अलि माथि बाट आवाज आयो " ए केटा हो कता हो तिमीहरु ???" amrit dai को यो आवाज सुनेर nirmal dai र म एती हसेको हैन र, nirmal dai को मुखनै रातो भएको थियो हाँस्दा हाँस्दा । अनि तेस्पछी बिस्तारै लाग्योउ सांखु तर्फ ।
सांखुमा बस पाइदैनकी भन्ने डर ले खुट्टा चाडै चाडै लम्कायौ । जसो तसो सांखु पुगियो, तर बस भने सबै प्याक थिए । एक छिन कुरे पछी एउट बस आयो, " चाबेल……… गौशाला……… सात्दोबाटो……… चाबेल……… चाबेल" भन्दै गाडीको खलासी चिच्च्यौदै थियो । तेही बसमा चडी हाल्योउ, गाडी त चढियो तर सिटमा बस्ने मौका चै मिलेन । सांखु देखी चाबेल सम्म बसमा उभिएर आइयो, एक छिन बस्न पाएको भए सोर्गिए आनन्द मिल्थ्यो । चाबेल आयौ अनि ritesh dai, avhishek dai र म ओर्लियौ । तेस्पछी सबै जना लाग्योउ आ-आफ्नो घर तिर ।
this is awesome, good job bro, btw mero hero photo khoi.. hehehe
ReplyDeletedherai ramro anubhav bhayo yo trekking ko. liked it
ReplyDeleteAni ur writing style. n specially ur photographs
ReplyDelete