Posts

Showing posts from January, 2010

काठ्मान्डौ देखि चिसापानि सम्म

Image
एक हप्ता अघाडी देखी बनाएको Trekking Plan Friday पुरा हुने भएको थियो । Thursday सबै जना तयार भयौ । Friday १२ बजे अफिस बाट निस्किने र २ - २.३० मा सुन्दरिजल बाट हिंड्न सुरु गर्ने । Friday को लागि सबै कुरा को बन्दोबस्त गर्न म अफिस बाट चाडै घर गए । भोली चिसापानी जाने भएकोले गर्दा रात भर निन्द्र लागे त मारिदिनु । रात भर सुत्न सकेको हैन । खाटमा त डल्किए तर निन्द्र भने लागेन, करिब २ बजे सम्म सुतेको नै थिइन । तेसपछी निन्द्र लागेछ । बिहान ५ बजे उठाइदिनु भनेर आमा लाई भनेको थिए, ५ बजे उठे अनि आफ्नो नित्य कर्म सके । अनि सुरु गरे bag pack गर्न । अलिकती नास्ता गरे अनि हिडे घर बाट अफिस तिर । अफिस्मा सबै जना तयार भएर बसिसक्नु भएछ । सबै जना जान को लागि excited हुनुहुन्थियो । ११.३० कहिले हुन्छ भन्दै सबै जना घडी हेर्दै थिए, ११.३० भयो अनि हिड्यौ सुन्दरिजल तर्फ । पौने २ मा पुग्यौ सुन्दरिजल, हल्का नास्ता पछी लाग्यौ चिसापानी तर्फ । मुल्खर्क पुग्दा ३.३० भई सकेको थियो, । मुल्खर्क पुग्ने बेल सम्म stairs हरु भएको हुनाले हिंड्न गाह्रो भयो । त्यो stairs बनाउने को होला ? किन बनाएको होला तेस्लाई त मैले… भन्दै सबै जना...